ntc

विश्व/प्रवास

रुसमा सन् २०१५ पछि जन्मेका व्यक्तिलाई चुरोट बेच्न नपाइने

काठमाडौं, २८ पुस — रुसको स्वास्थ्य मन्त्रालयले सन् २०१५ पछि जन्मेका जोकोहीलाई चुरोट बेच्नमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको छ ।


स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले समेत समर्थन गरेका छन् । यो कार्यान्वयन भएमा सुर्तीलाई पूरै हटाउने रुस पहिलो देश हुनेछ ।

चुरोटमाथिको प्रतिबन्ध सन् २०३३ देखि लागू हुने बताइएको छ । त्यतिखेरसम्म अहिलेका बच्चा रुसीहरू १८ वर्षीय नागरिक हुनेछन् ।

‘यो लक्ष्य वैचारिक रूपमा सही छ,’ रुसी संसद्को स्वास्थ्य समितिका एक सदस्य निकोलाई गेरासिमेन्कोले बताए ।
तर यो प्रतिबन्ध कार्यान्वयन गर्न सकिनेमा चाहिँ आफू विश्वस्त नरहेको उनले थपे ।

यस्तो प्रतिबन्धका लागि अन्य मन्त्रालयहरूसँग गम्भीर विचार विमर्श गर्नुपर्ने क्रेमलिनका प्रवक्ताले बताए ।

प्रतिबन्ध लगाउने सम्बन्धी दस्तावेज विभिन्न मन्त्रालयहरूमा वितरण गरिसकिएको रुसी सञ्चारमाध्यमले जानकारी दिए ।

रुसी समाचार संस्था तासका अनुसार सन् २०१६ मा धुम्रपान गर्नेहरूको संख्या १० प्रतिशतले घटेको छ ।

एजेन्सी बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam