Nic Asia
Tata /sipradi
Sarbottam Cement

विश्व/प्रवास

सिएनएनका पत्रकारलाई ट्रम्पको जवाफ — यू आर फेक न्यूज (भिडियो सहित)

काठमाडौं, २८ पुस — अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका डोनाल्ड ट्रम्पले सिएनएनका पत्रकारलाई प्रश्न सोध्न रोक लगाएका छन् ।

उनको पत्रकार सम्मेलनमा प्रश्न गर्न खोजेका सिएनएनका पत्रकार जिम अकोस्टालाई ट्रम्पले जवाफ दिएनन् । बरु प्रश्न गर्न कोशिश गरेका अकोस्टालाई ट्रम्पले भने — डन्ट वि रुड, यू आर फेक न्यूज ।

उनले सिएनएनलाई गलत समाचार भन्दै टिप्पणी गरेका हुन् । राष्ट्रपतिको चुनावमा सिएनएनले हिलारीलाई क्लिनटनलाई खुलेरै समर्थन गरेको सिएनएनलाई उनले फेक न्यूजको संज्ञा दिएका हुन् ।

सिएनएनले रसियासँग ट्रम्पको सम्बन्ध रहेको भन्दै ठूलो समाचार लेखेको थियो । त्यसपछि उनले सिएनएन, न्यूयोर्क टाइम्स लगायतका पत्रिकालाई गाली गर्न थालेका हुन् ।

हेरौं भिडियो
Trump shutting down CNN reporter trying to ask a question: "Don’t be rude... you are fake news" pic.twitter.com/O4z3pPYdXp

बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell