Nic Asia
Tata /sipradi
Sarbottam Cement

विश्व/प्रवास

मोदी रावण हुन् : ममता बनर्जी

काठमाडौं, २८ पुस — भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई रावणसँग तुलना गरेकी छिन् ।


भारतीय मुद्रालाई विमुद्रीकरण गर्न थप प्रयास गरेमा मोदीलाई जनताले प्रतिबन्ध लगाउने उनले बुधवार बताइन् ।

भारतको केन्द्रीय बैंकअगाडि धर्नामा बसेका तृणमूल कंग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै ममताले मोदी सरकार विपक्षीहरूलाई चुप लगाउने आतंकवादी अभियानमा लागेको आरोप लगाइन् । मोदीको विरोध गरेका कारण आफूलाई विमान दुर्घटनामा पारेर मार्न खोजिएको उनले आरोप लगाइन् ।

आक्रामक भाषणका लागि परिचित ममताले मोदीलाई रावणसँग तुलना गरिन् । ‘चौडा छाती र कुम भएको धाक लगाउँछन् मोदीले, रावणको पनि त चौडा छाती थियो नि,’ उनले भनिन्, ‘अनि उनको दशवटा टाउको थियो । मोदीका पनि दशवटा टाउका छन्, कहिले के भन्छन् कहिले के ?’

एजेन्सी बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell