Nic Asia
cocacola

विश्व/प्रवास

यी हुन् संसारका सबभन्दा खतरनाक अपराधी, सयौं बच्चीमाथि गरेका छन् दुर्व्यवहार

काठमाडौं, २४ असोज — हलिउड अभिनेत्री एन्जेलिना जोलीले धेरै फिल्महरूमा खतरनाक जासूसको भूमिका निर्वाह गरिसकेकी छन् । तर उनले वास्तविक जीवनमा समेत जासूसी गरेको खुलासा भएको छ ।


खासमा जोली युगाण्डाका सबभन्दा ठूला युद्धअपराधी जोसेफ कोनीलाई मार्न चाहन्थिन् । यो खुलासा फ्रान्सको अनुसन्धानमूलक वेबसाइट मिडियापार्टले गरेको हो ।

अनुसन्धान प्रतिवेदनअनुसार, कोनीलाई अमेरिकी कमान्डोहरूसमक्ष सुम्पिनका लागि जोली उनलाई डिनरका लागि बोलाउन चाहन्थिन् । तर यो सम्भव भएन ।

कोनी अफ्रिकाका सबभन्दा क्रूर अपराधी हुन् । यी ६१ वर्षीय अपराधी युगाण्डामा भएको विद्रोहका क्रममा विद्रोहीहरूको कब्जामा परेका थिए । विद्रोहीहरूले उनी र उनका भाइलाई बन्दी बनाएका थिए ।

बन्दी अवस्थामै कोनीका भाइले भाग्ने कोशिश गर्दा विद्रोहीहरूले कोनीकै आँखाअगाडि उनको भाइको गर्दन काटेर हत्या गरिदिएका थिए ।

त्यसपछि कोनीले भाइको हत्याको क्रूर बदला लिने कसम खाए र ३० वर्ष हुँदाखेरी आफ्नै सेना बनाए ।

विद्रोही सेनाको अत्याचारबाट पीडित मानिसहरूलाई उनले आफ्नो सेनामा भर्ती गरे । सन् १९८७ पछि कोनी र उनको सेनाले भारी संख्यामा साना बच्चाहरूलाई लडाईंमा लगाए । गाउँमा छापा मारेर उनीहरूले बच्चाहरू समात्थे अनि भाग्ने कोशिश गर्नेलाई मारिदिन्थे ।

अहिले पनि कोनीले बच्चाहरू समात्छन् । बच्चीहरूलाई गुलाम बनाएर राखिन्छ र उनीहरूको यौन शोषण गरिन्छ ।
इन्भिजिबल चिल्ड्रेन नामक संगठनको प्रतिवेदनअनुसार, कोनीका करीब ६६ पत्नीहरू छन् । त्यसबाहेक पनि कोनी र उनका बफादारहरूले सयौं बच्चीहरूलाई यौनदासी बनाएर राखेका छन् ।

कोनीको सेना लर्ड्स रेजिस्टेन्स आर्मी एक उग्रवादी विद्रोही संगठन हो र अप्रिकामा व्यापक क्षेत्रमा फैलिएको विद्रोही आन्दोलन हो । यो गुट केन्द्रीय अफ्रिकी गणराज्य, सुडान र युगाण्डामा सक्रिय छ ।

कोनी आफूलाई इसाइ धर्मको दूत मान्छन् र सहयोगीहरूले आफ्ना फैसलालाई सोधपुछ नगरिकन कार्यान्वयन गरून् भन्ने इच्छा राख्छन् ।

कोनीले हात्तीको दाह्रा तस्करी गरेर पैसा कमाउने गरेका छन् । उसलाई सिध्याउनका लागि अहिलेसम्म कुल तीन हजार ३५० सैनिक खटिएका छन् । उनीहरू युगाण्डा, दक्षिण सुडान र केन्द्रीय अफ्रिकी गणराज्यका सैनिक हुन् । अमेरिकीहरूले पनि यसमा सहायता गरिरहेका छन् ।

एजेन्सी

बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti