विश्व/प्रवास

किम जोन उनको हत्या गर्ने अमेरिकी योजना यसरी विफल भयो


काठमाडौं, २५ असोज– उत्तर कोरियाली नेता किम जोङ उनको हत्या गर्ने अमेरिकी योजना विफल भएको दावी गरिएकाे छ । उत्तर कोरियाली ह्याकरहरुले आफ्ना नेता उनको हत्या गर्ने अमेरिकाको योजना विफल बनाइदिएको दावी गरेका हुन् ।

उत्तर कोरियाली नेता उनको हत्याका लागि दक्षिण कोरिया र अमेरिकाले एक संयुक्त योजना बनाएका बुझिएको छ । जसलाई आफूहरुले कम्प्युटर ह्याक गरी चोरी गरेको उत्तर कोरियाली ह्याकरले दावी गरेका छन् ।

यसअघि दक्षिण कोरियाका अधिकारीले उत्तर कोरियाका ह्याकरले आफ्ना महत्वपूर्ण दस्तावेज चोरी गरेका आरोप लगाएका थिए ।

दक्षिण कोरियाका एक सांसद री शियोलका अनुसार ऊनलाई मार्ने चोरी भएको योजना दक्षिणको रक्षा मन्त्रालयको हो । जसमा उत्तर कोरिया र अमेरिकाको साझा युद्ध नीति रहेको छ ।

यसका साथै चोरी गरिएको उक्त दस्तावेजमा अमेरिकी तथा दक्षिण कोरियाको सैन्य कमाण्डरसँग जोडिएको गोप्य जानकारी समेत रहेको बीबीसीले जनाएको छ । दसतावेजमा अहिलेसम्म दक्षिण कोरियाले अमेरिकासँग गरेको सैन्य युद्ध अभ्यास र उसको आगामी नीति समेत उल्लेख रहेको जनाइएको छ ।

चोरिएको उक्त डाटा २३५ जीबी रहेको छ । जसमा दक्षिण कोरियाको विशेष सैन्य दस्तावेज, पावर प्लान्ट तथा वृहत सैन्यको ठेगानाको बारेमा जानकारी दिइएको सासंद रीले दाबी गरेका छन् । यस्तै सैन्य डिफेन्स इन्टिग्रेटेडबाट चोरिएको उक्त डाटामा ८० प्रतिशत जानकारीको पहिचान हुन नसकेको बीबीसीले लेखेको समाचारमा जनाएको छ । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस