×

बैशाख ४, २०८१

सोलुखुम्बुको प्रसिद्ध धार्मिक स्थल ज्वालामाई देवीको मन्दिरमा निर्माण गरिएको सुनको मुकुट । भक्तजनले मन्दिरमा चढाएको सुनको टीकाबाट करिब एक किलो तौलको मुकुट तयार गरिएको हो । तस्वीर : सुवास दर्नाल/रासस

बैशाख ४, २०८१

पर्वतको कुश्मा नगरपालिका– १२ ठुलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बाटुलेचौरमा चैत्राष्टमीको अवसरमा लागेको चैतेदशैं मेलामा सहभागीको भीड । तीन दशकपछि गत वर्षदेखि यहाँ सो मेला लाग्न था...

बैशाख ४, २०८१

काठमाडौंको दरबारमार्ग तिनधार पाठशालास्थित मङ्गलवार वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ निर्माण गर्दै । उक्त रथ घण्टाघर, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइने भएको छ । तस्वीर : हरिराम भेटु...

बैशाख ४, २०८१

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकको सडक घुम्तीमा नाङ्लो व्यापार गर्दै सर्वसाधारण। यहाँ बुनिएको नाङ्लो चितवन, विराटनगर, वीरगन्ज, नेपालगन्जसम्म बिक्रीका लागि पठाइन्छ । तस्वीर :&...

बैशाख ३, २०८१

मुगुको छायानाथ रारा नगरपालिका–११ स्थित रहेको रेञ्ङच्याकटी गाउँ । घर माथि घर जोडेर निर्माण गरिएको दृश्यले भाई एकता कायम रहने स्थानीयवासीको भनाइ छ । तस्वीर : हेमन्त केसी/रासस

बैशाख ३, २०८१

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ गाँउस्थित मनमोहक नारच्याङ झरना । कुमारी झरनाको नामले समेत चिनिने यो झरना मुस्ताङ जाने र फर्किने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । तस्वीर : ध्रुवसागर शर्...

बैशाख २, २०८१

वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिँदै व्रतालु । तस्वीर : विजयकुमार महतो/रासस

बैशाख २, २०८१

काठमाडौंको टोखा बजारमा ढकमक्क फुलेको बगनबेली फूल । तस्वीर : हरिराम भेटुवाल/रासस

बैशाख २, २०८१

गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकस्थित पुस डाँडामा ढकमक्क फुलेको लालीगुराँस । तस्वीर : दीपक श्रेष्ठ/रासस

बैशाख २, २०८१

मध्यपुर थिमीको ऐतिहासिक बिस्काः जात्रामा चपाचो क्षेत्रमा सिद्धिकाली गणको यात्रा गरिँदै  ।  तस्बिर : रत्न श्रेष्ठ/रासस

बैशाख २, २०८१

सर्लाहीको बागमती नगरपालिका–११, स्थित भित्री सडकमा स्थानीय किसानले सुकाएको मकैको बिस्कुन । अत्यधिक विकासे मकै उत्पादन गर्ने यहाँका किसानहरूले ठाउँ अभावमा सडकमै मकै सुकाउने गरेका छन् । तस्वीर सिंगबहादुर ...

बैशाख २, २०८१

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँसको फूल र जङ्गलमा चर्दै गरेका घोडा । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीको आकर्षण गुराँसे जङ्गल हो । तस्बिरः रासस

बैशाख १, २०८१

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको ‘बाह्रवर्षे  पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेलामा आज नयाँ वर्षको शुभसाइतमा शाहीस्नान गरिँदै । तस्बिर : रासस

बैशाख १, २०८१

नयाँ वर्षको पहिलो दिन आज कर्णालीको चिसापानी पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो । तस्वीर : देवानन्द न्यौपाने/रासस

बैशाख १, २०८१

नयाँ वर्ष २०८१ का अवसरमा हुम्ला सदरमुकाम सिमकोटमा देउडा खेल्दै माथिल्लो हुम्लाका महिला र तल्लो हुम्लाका पुरुष । तस्वीर : दाने बोहरा/रासस

बैशाख १, २०८१

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गोरक्ष पात्रदेवता सिद्वरत्ननाथ मठबाट सुरु भएको देवीपाटन महायात्रालाई भारत उत्तर प्रदेश बलरामपुर जिल्लास्थित तुलसीपुर बजारमा हात्तीद्वारा स्वागत गर्दै देवी पाटन मन्दिर पर...

बैशाख १, २०८१

गोरखाको उत्तरी धार्चे गाउँपालिका–७ मा पर्ने लापुबेसींस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरना । पछिल्लो समय न्याउली झरना आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । तस्वी...

बैशाख १, २०८१

गोरखा पर्यटकहरूको लागि नौलो गन्तव्य होइन । यहाँको इतिहास, मनास्लु हिमाल र मनासलु सर्किट, विभिन्न जातीय संस्कृति तथा संस्कारले गोरखालाई विश्वमा नै चिनाएको छ ।  पछिल्लो समय सडक यातायातले जोडिएका गो...