×

चैत ३, २०८०

काठमाडौंको लाजिम्पाटमा सडक किनार फुटपाथ छेउमा ढकमक्क फुलेका आरु बोटका फूल । तस्वीर : हरिराम भेटुवाल/रासस

चैत ३, २०८०

मनाङको चामे गाउँपालिका १ स्थित तिमाङ गाउँछेउमा रहेका याक तथा चौँरी चरनक्षेत्र तर्फ जाँदै गरेको दृश्य र पृष्ठभूमिमा सेताम्मे डाँफे लेक । तस्वीर : नविन लामिछाने/रासस

चैत २, २०८०

पोखरामा  शुक्रबार आयोजित समारोहमा प्रतिभा वर्ष सम्मान-२०८० बाट वरिष्ठ हाँस्य कलाकार  हरिवंश आचार्य र प्रतिभा युवा  वर्ष पुरस्कारबाट गायक प्रकाश सपुतलाई सम्मान गरिँदै । तस्बिरः रासस

चैत २, २०८०

म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको आधार शिविर । तस्वीर : सन्तोष गौतम/रासस

चैत २, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको सेतो गुराँस । विभिन्न प्रजातिको गुराँस पाइने यस क्षेत्रमा सेतो गुराँस फुल्न थालेको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस

चैत २, २०८०

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा मकैे संरक्षणका लागि बनाइएको मकैको सुली । मकैलाई घुन, पुतली र किराबाट जोगाउन  सुलीमा भण्डारण गरिन्छ । तस्बिर -रासस

चैत २, २०८०

सदरमुकाम तम्घासस्थित गुल्मी डेरीले बिक्रीका लागि उत्पादन गरेको छुर्पी । यहाँ छुर्पी प्रतिकेजी रु एक हजार ३०० मा बिक्री गरिन्छ । छुर्पी काठमाडौँ,बुटवललगायत विभिन्न सहरमा जाने गर्छ । तस्बिरः रासस

फागुन ३०, २०८०

विश्व सम्पदाको सूचीमा सूचीकृत धार्मिक र पर्यटकीय स्थल पशुपति क्षेत्र घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

फागुन ३०, २०८०

बाजुराको बुढीगंगा नगरपालिका–४ कोट गाउँ नजिकै रहेको बार्जकोट दरबारको भग्नावशेष । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ । तस्वीर : ...

फागुन ३०, २०८०

भोजपुरको रामप्रसादराई गाउँपालिका-१ ओख्रेमा निर्माण भईरहेको डाग्बुङ (गुँरास)पदमार्ग । नेपालको राष्ट्रिय फूल लालिगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ यहाँ करिव छ किलोमिटर पदमार्ग निर्...

फागुन २९, २०८०

गुल्मी सदरमुकाम तम्घास बजारको रमणीय दृश्य । तस्वीर -रासस

फागुन २९, २०८०

प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमणमा पर्यटक । सिजन शुरू भएसँगै सगरमाथासहितका हिमशृङखला अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन् । तस्वीर : सुवास दर्नाल/रासस

फागुन २९, २०८०

दाङको घोराही उपमहानगरपालिका १७ कर्जाहीमा माहुरीको मह काढ्दै किसान । दाङका किसान माहुरी पालेर मनग्गे आम्दानी हुने गरेको बताउँछन् । तस्वीर : रञ्जीता अधिकारी/रासस

फागुन २९, २०८०

भोजपुरको हतुवागढी गाउँपालिकामा बिक्रीका लागि बजार लैजान सडक छेउमा राखिएको नाङ्लो । स्थानीय बजारमा प्रति गोटा २ सयदेखि ४ सय रुपैयाँमा बिक्री हुने गरेको स्थानीयबासीको भनाइ छ । तस्वीर : युवराज विष्ट/रासस

फागुन २९, २०८०

गुल्मीको धुर्कोट गाउँपालिका–५ अन्तर्गत राङ्दल चौरदेखि बस्तुको विचित्र गुफा जोड्ने झोलुङ्गे पुल । तीन सय ७० मिटर लामो उक्त पुल निर्माण भएसँगै इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका नागरिकलाई आवतजावत गर्न थ...

फागुन २८, २०८०

बैतडीको गोकुलेश्वरमा जारी मेलामा बिक्रीका लागि राखिएका तामाका भाँडा । यहाँ तामाको भाँडा प्रति किलो दुई हजार ३०० रुपैयाँमा बिक्री गरिन्छ । तस्वीर : विनोद सिंह विष्ट/रासस

फागुन २८, २०८०

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर जाने  फुङलिङ नगरपालिका—९ सुकेटार क्षेत्रमा धुलो उडाउँदै तीर्थयात्री लिएर जाँदै गरेको गाडी । यो सडक कालोपत्रे गर्ने ठेक्का लागे पनि ठेकेदारले समयमै काम नगर्दा बर्खा...

फागुन २८, २०८०

सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकप्टर । सडक सञ्जालले छुन नसकेको यस क्षेत्रमा पर्यटक उद्धार गर्न सबै भन्दा सजिलो माध्यम नै हेलिकप्टर बनेको छ । तस्वीर : सुवास दर्नाल/रासस