छापामा

उपभोक्ता चुसेर यसरी मोटाउँदै आयल निगम



काठमाडौं, ४ असार -सरकारी स्वामित्वमा सञ्चालित नेपाल आयल निगमले उपभोक्ताबाट महँगो मूल्य असुल गरेर नाफा कमाउँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्य समायोजन गर्ने गरेको छैन, आजको कारोबार दैनिकमा खबर छापिएको छ ।Nepal-Oil-Corporation-Limited

अहिले निगमलाई सबै पेट्रोलियम पदार्थमा नाफा छ, तर उपभोक्ता मूल्य घटेको छैन । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन निगमले उपभोक्तालाई व्यापक शोषण गरेर बोनस खानका लागि नाफा कमाएको बताउँछन् ।

निगमले आईओसीबाट इन्धनको मूल्य बढेर आउँदा सोहीअनुसार बढाउने तर घटेर आउँदा न्यूनमात्र घटाउने गरेको छ । निगमले उपभोक्ताबाट चर्काे मूल्य असुल गरी नाफा देखाएर पछिल्लो चार वर्षयता ६ प्रतिशतका दरले बोनस रकम जम्मा गर्दै आएको छ । असार ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस