छापामा

सूचना आदानप्रदानका लागि चिठी बोक्दै प्रहरी

बाजुरा, ४ असार- अहिले पनि चिठीबाटै सूचना आदानप्रदान गरिन्छ भन्दा अचम्म लाग्न सक्छ । अझ सुरक्षामा खटिने प्रहरी नै चिठी ओसारपसार गर्छन् भन्दा झनै अपत्यारिलो लाग्न सक्छ । तर, यो बाजुराको वास्तविकता हो । स्थानीय तहको निर्वाचनका क्रममा सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न प्रहरीलाई नै ओहोरदोहोर गराइएको छ ।police
पाँच गाउँपालिका र चार नगरपालिका रहेको बाजुरामा ७० मतदानस्थल र ९२ मदतान केन्द्र तोकिएको छ । भौगोलिक कठिनाइका कारण सञ्चार सेवा नभएका मतदान केन्द्र र स्थलमा सम्पर्क गर्न कठिन हुने भएपछि सूचना सम्पर्कका लागि चिठी बोकेर प्रहरीलाई कुदाउने गरेको छ । जिल्लाका पूर्वी उत्तर क्षेत्रका मतदान केन्द्रमा नेपाल टेलिकम र अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा सञ्चालनमा छैन , आजको राजधानी दैनिकमा खबर छ । असार ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस