Nic Asia
cocacola

छापामा

अमेरिकी युद्धपोत समुद्रमा अर्को जहाजसँग ठोक्कियो

टोकियो, ४ असार - अमेरिकी नौसेनाको युद्धक जहाज युएसएस फिट्सजेराल्ड एक मालवहाक जहाडमा ठक्कर खाँदा ७ जना नौसैनिक बेपत्ता भएका छन् । युएसएस फिट्सजेराल्ड संसारकै सबैभन्दा उन्नत युद्धक जहाजमा एक हो । यो अत्याधुनिक राडार उपकरणबाट लैस रहेको छ ।USS-Neavy

अमेरिकी युद्धक विमान ३० हजार टनको मालबहाक जहाज एसीएक्स क्रिष्टलसँग भएको थियो । जुन ठक्करबाट अमेरिकी युद्धक जहाडमा ठूलो क्षति पुगेको छ । यो दुर्घटनामा फिलिपिन्समा दर्ता रहेको मालबहाक जहाजमा सामान्य क्षति पुगेको छ । दुर्घटनाको समयमा यो जहाज जापानको नागोयाबाट टोकियो गइरहेको थियो । दुर्घटनापछि पनि यो जहाज आफ्नो यात्रा पूरा गर्दै टोकियो पुगिसकेको छ ।

यो दुर्घटना अमेरिकाको योकोसुका बेस नजिक भएको हो । यो नौसैनिक अड्डामा अमेरिकाका ८० पनडुब्बी र युद्धक जहाज तैनाथ रहेका छन्, राजधानीले एजेन्सीलाई उदृत गर्दै समाचार छापेको छ । आइतवार, आषाढ ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार