Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

छापामा

केरा कुन बेला खाएको राम्रो ?

केरा हरेक मौसममा उपलब्ध हुने फल हो र यसलाई जुन बेलामा पनि खान सकिन्छ । स्वास्थ्यका लागि केरा एकदमै लाभदायक हुन्छ । झन् खेलकुदमा लागेका मानिसले केरा खानु राम्रो हुन्छ ।


प्रतिदिन दुईतीनवटा केरा खाँदा हाम्रो शरीरमा ऊर्जाको कमी, तनाव, शरीरका अंग फुल्ने लगायतका समस्या समाधान हुन्छन् । केराले पाचन र रक्तचाप ठीक राख्छ ।

हुन त केरा जुनसुकै बेलामा खाए हुन्छ तर विशेष समयमा केरा खाँदा यसले झनै फाइदा गर्छ ।

बिहान ७ देखि ९ बजे केरा खाँदा शरीर तन्दुरुस्त रहन्छ र मूड पनि ठीक हुन्छ । अझ बिहान दूध वा दहीका साथ केरा खाँदा शरीरको अतिरिक्त एसिड हटाउन सहज हुन्छ ।

दिउँसो १२ देखि २ बजेका बीचमा केरा खाँदा केराबाट पाइने चिनी लामो समयसम्म शरीरमा बसेर ऊर्जावान् बनाउँछ ।

राति ७ देखि ९ का बीच केरा खाँदा यसमा भएको मेलाटोनिन नामक तत्त्वले राम्रो निद्रा ल्याउँछ ।

शरीरलाई ऊर्जाशील राख्नका लागि आजैदेखि दिनदिनै केरा खान थाल्नुस् । तर ठिक्क मात्रामा मात्र केरा खानुपर्छ ।

एजेन्सी

आइतवार, आषाढ ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell