Nic Asia
cocacola

छापामा

मन्त्रिपरिषद् विस्तार गरि ८–१२ को दशा कटाउन प्रधानमन्त्री देउवालाई ज्योतिषीको सल्लाह

ज्योतिष विज्ञानमा विश्वास राख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा ज्योतिषीकै सल्लाह अनुसार बुढानिलकण्ठबाट बालुवाटार सरेका छन् ।

राहु अष्टम पदमा रहँदा नयाँ ठाउँमा सर्नु अशुभ हुने ज्योतिषीले बताएपछि देउवा बुढानिलकण्ठबाट बालुवाटार सर्न दुई साता लागेको छ ।

सोमखेती बुध घर भनिएपनि उनी साइत अनुसार आज बालुवाटार दरबारमा कालो बोको ढालेर सरेका छन् ।
ज्योतिषीको सल्लाह अनुसार देउवाले गतिविधि सञ्चालन गरे पनि अनिष्ट र अशुभ घटनाहरुले पछ्याउन भने उनलाई छाडेका छैनन् ।

ज्योतिष विज्ञानले अशुभ मान्ने ८–१२ अंकमा देउवाले ध्यान नदिएर मन्त्रिपरिषद् गठन गरेकाले अशुभ घटना घटिरहेको त होइनन् ? देउवाले विस्तार गरेको ८ सदस्यीय मन्त्रिपरिषद्तिर देखाएर घटित पछिल्ला घटनाहरुको चर्चा चल्न थालेको छ ।

मन्त्रिपरिषदमा आठ सदस्य रहेका कारण उनलाई मन्त्रिपरिषद्को संख्या बढाउन ज्योतिषहरुले सुझाव दिएको समाचार अाजको साँघु साप्ताहिकमा समाचार छ । 

तर, पार्टीभित्रको सत्ता सन्तुलनका कारण देउवा सरकार विस्तारमा ढिलाई भइरहेको छ । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti