shivam
Nerolac and Nepal life

छापामा

चक्रपथमा ट्रक, मिनी ट्रक र टिप्परमा प्रतिबन्ध, पार्किङस्थलसमेत तोकियो

काठमाडौं, २७ साउन- सरकारले भदौ १ गतेदेखि काठमाडौं चक्रपथमा ट्रक, मिनी ट्रक, टिप्परलगायत सबै मालबाहक सवारी साधन गुड्न प्रतिबन्ध लगाउने भएको छ । सरकारले विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म २७ किलोमिटर लामो चक्रपथमा मालबाहक सवारी चल्न रोक लगाउने निर्णय गरेको हो ।tipper

ट्राफिक प्रहरी महाशाखामा बिहीबार बसेको ट्राफिकका प्रमुख डीआईजी सर्वेन्द्र खनाल र यातायात विभागका महानिर्देशक रुपनारायण भट्टराईसहितका उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । तर, पेट्रोल, ग्यास, पानीलगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू नहुने विभागले जनाएको छ ।

बैठकले उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थलसमेत तोकिएको छ । बैठकले पृथ्वी राजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसेमा, गोदावरीतर्फबाट आउने ट्रक र टिप्परलाई धापाखेलमा र अरनिको तथा बीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा नै रोक्ने निर्णय गरेको छ । नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिनेछ, राजधानीमा खबर छापिएको छ । शुक्रवार, श्रावण २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota