shivam
Nerolac and Nepal life

छापामा

चीनले भारतलाई चेतावनी दिँदै भन्यो, हाम्रो हतियार खेलौना होइन

काठमाडौं, २७ साउन — चीनले आफ्ना ठूला हतियारहरू खेलौना नभएको भन्दै भारतलाई चेतावनी दिएको छ । शुक्रवार भारतीय सञ्चारमाध्यमका प्रतिनिधिलाई आफ्नो युद्धपोत युलिन देखाउँदै चीनले यो बयान दिएको हो ।


पत्रकारहरूलाई हतियारहरूका बारेमा जानकारी पनि दिइएको थियो । युद्धपोतका कप्तान लियाङ तियानजुनले उक्त अवसरमा पत्रकारहरूको प्रश्नको जवाफ पनि दिए ।

भारत र चीनका बीच डोक्लाम विवाद उठेको दुई महिना पुग्नै लाग्दा चिनियाँ जलसेनाले भारतीय पत्रकारलाई बोलाएर हतियार देखाएको हो ।

लियाङले हिन्द महासागरमा चीनले भारतसँग शत्रुता नदेखाउने चाहिँ बताए । उनले भने, ‘हिन्द महासागर अन्तर्राष्ट्रिय समुदायका लागि साझा थलो हो । मलाई लाग्छ, भारत र चीन यसको सुरक्षाका लागि साथसाथै आउनुपर्छ ।’

यसका साथै क्याप्टेन लियाङले भारतीय पत्रकारलाई युद्धपोतमा भएका सबै हतियार, फाइटर जेट, पनडुब्बी र मध्यमदूरीका क्षेप्यास्त्रका बारेमा जानकारी दियो ।

एजेन्सी

शुक्रवार, श्रावण २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota