छापामा

सर्वोच्चको आदेशपछि नरम रुपमा प्रस्तुत भयो राजपा, अब चुनावमा भाग लिने

काठमाडौं, २८ साउन राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधन विधेयक मतदानमा लैजाँदा जस्तो परिणाम आए पनि त्यसलाई स्विकारेर चुनावमा भाग लिने सहमति गरेको छ ।rajapa (1)

सरकार र राजपाबीच शुक्रबार बालुवाटारमा भएको बैठकमा संविधान संशोधन विधेयक मतदानमा लैजाने र सरकारले गर्नुपर्ने बाँकी काम पूरा गरेपछि चुनावमा जाने समझदारी भएको हो ।

असोज २ मा हुने प्रदेश २ तथा त्यसलगत्तै हुने प्रदेश र केन्द्रीय संसदका चुनावका लागि राजनीतिक वातावरण निर्माण गर्न यो सहमतिलाई दुवै पक्षले ऐतिहासिक मानेका छन् । सर्वोच्च अदालतले बिहीबार स्थानीय तहको संख्या बढाउन सरकारलाई बाटो खोलिदिएपछि शुक्रबारको बैठकमा राजपाका नेताहरूको प्रस्तुति नरम बनेको थियो ।



स्थानीय तहको संख्या थप्ने सरकारको यसअघिको निर्णय सर्वोच्चको आदेशले कार्यान्वयनमा आउन सकेको थिएन, कान्तिपुरले खबर छापेको छ ।

साउन २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस