Nic Asia
cocacola

छापामा

यस्तो छ नयाँ शक्तिमा बाबुरामको राजनीतिक उतारचढावको नालीबेली



काठमाडौं, २८ साउन- विल्कुलै फरक, नयाँ र वैकल्पिक राजनीतिक दल निर्माण गर्ने उद्देश्यसहित नयाँ शक्तिको निर्माणमा लागेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दुई वर्षमै एक्लिएका छन् । ३५ वर्षको कम्युनिस्ट राजनीतिबाट एकाएक ‘नयाँ कोर्स’ सुरु गरेका भट्टराई आफ्नो अभियानमा कामयावी हुन सकेनन्, अन्नपूर्ण पोस्टले खबर छापेको छ ।
अन्ततः उनी अहिले आफैंले सुरु गरेको अभियानमा झन्डै ‘एक्लो दौडाहा’ मा छन् । शुक्रबार मात्रै उनलाई औपचारिक रूपमा रामचन्द्र झा, रामकुमार शर्मालगायत मधेसी नेताले साथ छाडेका छन् । ०४० सालदेखि भट्टराईका हरेक ‘स्टेप’ मा साथ दिँदै आएका नेता देवेन्द्र पौडेललगायतले ‘सम्बन्धविच्छेद’ को अन्तिम तयारी गर्दै छन् ।baburam
भट्टराईको राजनीतिक उतारचढाव
- चैत, ०७० मा नयाँ शक्ति निर्माणको बहस प्रारम्भ
- ३ असोज ०७२ मा संविधान जारी भएलगत्तै ९ असोजमा एमाओवादी र संसद् सदस्य पद त्याग ।
- ६ र ७ असोज, ०७२ मा नयाँ शक्ति निर्माण अभियानमा संलग्न हुन चाहने पूर्वएमाओवादीको राष्ट्रिय भेला आह्वान ।
- १० माघ ०७२ मा नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् घोषणा ।
- ३० जेठ ०७३ मा काठमाडौंको रंगशालाबाट नयाँ शक्ति पार्टी गठनको घोषणा ।
ध्रुवीकरण र एकता
- गंगा चौधरी सत्गौवा नेतृत्वको थरुहट तराई पार्टीसँगको एकता
- देवी ओझा नेतृत्वको लोकतान्त्रिक मञ्चसँगको एकता
- प्रकाश विकल्प नेतृत्वको युवा सुशासन अभियानसँगको एकता
- सुनील खड्का नेतृत्वको मातृभूमिका लागि युवा अभियानसँगको एकता
- दानबहादुर चौधरी नेतृत्वको लोकतान्त्रिक फोरमको समूहसँग एकता
- भीमबहादुर कडायत नेतृत्वको माओवादी केन्द्रको समूहसँग एकता
- प्रगतिशील रूपान्तरण समूहसँगको एकता
भट्टराईसँगको सम्बन्धविच्छेदको शृंखला
- मुमाराम खनालको सम्बन्धविच्छेद
- रामेश्वर खनालको सम्बन्धविच्छेद
- रामचन्द्र झा, रामकुमार शर्मासँगको सम्बन्धविच्छेद
- देवेन्द्र पौडेललगायत पूर्वमाओवादीसँग सम्बन्धविच्छेदको तयारी
राजनीतिक मोड
१ वैशाख ०३५ मा बाबुरामले राजनीतिमा समर्पित गर्दै नयाँ मान्यताको प्रादुर्भाव गर्ने गरी जीवनको लक्ष्य बनाएका थिए ।
०३७ सालमा राजु नेपालीमार्फत कम्युनिस्ट सदस्यता लिएका । शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti