Ruslan
Tata /sipradi
Nic Asia

छापामा

सुन तस्करको बयानः ११ औं पटकमा समातिएँ, एयरपोर्टबाट ३ सय किलो सुन पास भयो

काठमाडौं, २३ पुस- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन्, आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ | बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ ।GOLD
दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो । ‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ', शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने ।
शाहीले प्रहरीलाई उपत्यकामा बसेर तस्करीमा सेटिङ गर्ने केही व्यापारी र भारतीय व्यापारीका नामसमेत खुलाएको स्रोतले बताएको छ । सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले घटनामा ठूला व्यापारी, विमानस्थलकै उच्चपदस्थ कर्मचारी र अन्य गिरोहको मिलोमतोमा सुन बाहिरिएको दाबी गर्दै अनुसन्धानले पूर्णता नपाएसम्म बरामद सुन राजस्व अनुसन्धान विभागको जिम्मा नलगाउने बताए ।
उनले भने, ‘बिहीबार बरामद सुन तस्करले पहिलो प्रयासमा विमानस्थलबाट बाहिर ल्याउन सफल भएका होइनन् । यसमा ठूलै मिलोमतो छ । विस्तृत अनुसन्धान गरेर मात्रै सुन राजस्वलाई बुझाउँछौं ।' शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam