Ruslan
Tata /sipradi
Nic Asia

छापामा

लेखा समिति सभापतिको चयन पुस २७ गते

काठमाडौँ, २३ पुस - संसद्को सार्वजनिक लेखा समितिको सभापति चयन आउँदो पुस २७ गते हुने भएको छ । सभापतिविहीन भएको पाँच महिनापछि समिति सभापति चयनको प्रक्रिया अगाडि बढेको आजको गोरखापत्रमा खबर छ |
संसद् सचिवालयले पुस २७ गते सभापति चयन गर्नेगरी चुनावी कार्यतालिका शुक्रबार प्रकाशन गरेको छ । प्रकाशित कार्यतालिका अनुसार पुस २५ र २६ गते प्रस्तावक र समर्थकसहित मनोनयन दर्ता गर्नुपर्नेछ । उम्मेदवारको रोलक्रम अनुसार सूची प्रकाशन पनि पुस २६ गते नै हुनेछ । एकभन्दा बढी उम्मेदवार नपरेको अवस्थामा एकल दावेदार स्वतः सभापतिमा चयन हुन सक्ने संसद् कार्यसञ्चालन नियमावलीको प्रावधान छ ।
एकभन्दा बढी उम्मेदवारी परेको अवस्थामा पुस २७ गते निर्वाचनबाट सभापति चयन हुनेछ । पुस २७ गते बिहान ११ बजे समिति बैठक बोलाइएको छ । संसद्को सार्वजनिक लेखा समिति र महाभियोग सिफारिस समितिको सभापति पुस २५ गते चयन गर्नेगरी संसद् सचिवालयले कार्यतालिकाको तयारी गरेको छ । सचिवालयले औपचारिक रूपमा कार्यतालिका प्रकाशन नगरे पनि २४ घन्टाअघि सूचना दिनुपर्ने नियमावलीको व्यवस्था अनुसार २५ गते सभापति चयन गर्नेगरी कार्यतालिका तयार पारेको हो । शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam