Nic Asia
cocacola

छापामा

यसरी छानिँदै छन् उच्च अदालतका ८० न्यायाधीश

काठमाडौं, २४ पुस -न्यायपरिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नियुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोटको कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । suprim court
परिषद्ले एक–दुई दिनभित्रै योग्यतम उम्मेदवार छनोटको सिफारिस गर्ने भएको छ । शुक्रबार बसेको बैठकले आइतबारदेखि सोमबारसम्म नियुक्ति सिफारिस टुंगो लगाउने गरी काम अन्तिम चरणमा पुर्‍याएको स्रोतले जनाएको छ, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।
परिषद्का प्रवक्ता देवेन्द्र ढकालले योग्यमध्ये पनि योग्यतम उम्मेदवार सिफारिस गर्नेगरी छलफल भइरहेको बताए ।

न्यायपरिषद्ले बनायो छुट्टै मापदण्ड
अधिवक्ताहरूबाट नियुक्ति गर्दा ठूलो संख्यामा प्रतिस्पर्धी देखिएकाले न्यायपरिषद् बैठकले उच्च अदालतका लागि योग्यता पुगेकामध्ये पनि योग्यतम न्यायाधीश सिफारिसका लागि छुट्टै मापदण्डसमेत बनाएको छ । उच्च स्रोतका अनुसार परिषद् बैठकले अधिवक्ताहरूमध्येबाट नियुक्त गर्दा धेरैजसो वरिष्ठ अधिवक्ताहरू पर्नेगरी पुरुषतर्फ कम्तीमा १८ वर्ष वकालतमा संलग्न तथा महिलातर्फ १५ वर्ष वकालतमा लागेकाहरूलाई नियुक्ति सिफारिस गर्नेगरी मापदण्ड बनाएको छ ।
समावेशिता पनि अर्को मापदण्ड
संविधान र न्यायपरिषद् ऐनले न्यायाधीश नियुक्तिमा समावेशितालाई ध्यान दिइने कुरा उल्लेख गरेकाले परिषद्मा त्यसलाई पनि एउटा मापदण्ड बनाएर छलफल चलिरहेको छ । न्यायाधीश नियुक्ति सिफारिसमा सामान्यतया समावेशितालाई ध्यान नदिने प्रचलन छ । ‘ऐनले भनिसकेपछि महिला, जनजातिदेखि सबै क्लस्टर मिलाउनुपर्ने स्थिति छ । तर, नियमावली पनि नभएको र योग्यतम नियुक्त गर्नुपर्ने भएकाले लोकसेवाको जस्तो ४५ प्रतिशत आरक्षण सिफारिसमा लागू हुँदैन,’ परिषद्का एक सदस्यले भने । सबै पक्षलाई थोरै संख्यामा भए पनि समावेशी देखिनेगरी मिलाउने तयारी भइरहेको ती सदस्यको भनाइ छ।
परिषद्मा सबैका आ–आफ्नै स्वार्थ
संवैधानिक अंग न्यायपरिषद्मा प्रधानन्यायाधीश सुशीला कार्की अध्यक्ष छिन् । त्यस्तै, सदस्यहरूमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश वैद्यनाथ सिंह, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त रामप्रसाद सिटौला, प्रधानमन्त्रीको सिफारिसमा नियुक्त पदमप्रसाद वैदिक र कानुनमन्त्री अजयशंकर नायक सदस्य छन् । सिफारिसका लागि संवैधानिक व्यवस्था र न्यायपरिषद् ऐनको मापदण्डबारे कसैको पनि विवाद छैन । तर, सबैले आ–आफ्नो तर्क बलशाली ढंगले राख्दै आएको बताइन्छ । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti