Ruslan
Tata /sipradi
Nic Asia

छापामा

राजदूत भागबन्डा मिल्यो

काठमाडौं, २४ पुस – सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ | प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस शभापतिबीच पटकपटक भएको छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको हो ।parashtra

प्रधानमन्त्री स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा राष्ट्रिय प्रजानन्त्र पार्टीले र एक देशमा साना दलको तर्फबाट राजदूत सिफरिस गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री दाहालले १३ मुलुकमा राजदूत सिफरिस गर्दा दुवै पार्टीले ५०/५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडान राख्दै आएका थिए ।

कांग्रेस शभापति देउवाले भने संसद्को ठूलो दलको नाताले राजदूत सिफरिस गर्दा कांग्रेसलाई ६० प्रतिशत कोटा दिइनुपर्ने अडान लिएका थिए ।

त्यसैका कारण राजदूत नियुक्ति सरिफारिसमा सहमति जुट्न सकेको थिएन । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing