Nic Asia
cocacola

छापामा

उपयुक्त वातावरणमा पनि विकास खर्च न्यून

काठमाडौँ, २४ पुस - छिटो बजेट आएर काम गर्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि चालू आर्थिक वर्षको पहिलो चार महिनामा अपेक्षाकृत रूपमा विकास बजेट (पुँजीगत खर्च) खर्च हुन सकेको छैन, आजको गोरखापत्रमा खबर छ ।
चालू आर्थिक वर्षको बजेट आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अगाडि जेठ १५ गते प्रस्तुत गरिएको थियो भने साउन १ गते नै अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई खर्च गर्ने अख्तियारी दिई रकम निकासा गरेकोे थियो । चालू आर्थिक वर्ष सुरु भएयता बन्द, हडताल जस्ता विकास गतिविधिमा अवरोध सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप पनि खासै भएका छैनन् । Kalanki_sub_way_construting3
चालू आर्थिक वर्षको पुस १९ गतेसम्ममा विकास बजेटबाट २८ अर्ब ३६ करोड ४६ लाख रुपियाँ खर्च भएको छ । यो रकम कुल बजेटको ९.१३ प्रतिशत हो । भूकम्प र नाकाबन्दीबाट प्रभावित गत वर्ष जति पनि चालू वर्षमा खर्च हुन नसक्नु विकासका लागि दुर्भाग्य भएको प्रतिक्रिया विकासविद्ले व्यक्त गरेका छन् । गत वर्ष यो अवधिमा १३ अर्ब रुपियाँ खर्च अर्थात् विकास बजेटको ६.२३ प्रतिशत भएको थियो ।
महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालका अनुसार राजस्व सङ्कलन सन्तोषजनक भए पनि पुँजीगत खर्च अपेक्षाभन्दा कम नै भएको छ । उनले भने, “गत वर्षको तुलनामा पुँजीगत खर्चको प्रतिशत झीनो रूपमा बढी देखिए पनि चालू आर्थिक वर्षमा खर्च हुनसक्ने उपयुक्त वातारण हुँदाहुँदै पनि विकास खर्च हुन सकेको देखिँदैन । ” आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti