Nic Asia
Tata /sipradi
Sarbottam Cement

छापामा

नेपाली ग्यास बुलेट ३३ दिनदेखि नाकामै

काठमाडौं, २४ पुस - नेपाली लगानीका बुलेटमार्फत पहिलोपटक ग्यास भित्र्याउने प्रयास अन्तरसरकारी समन्वय अभावका कारण झमेलामा परेको छ । नेपाल भित्रन लागेका नेपाली नम्बरका ग्यास बुलेट एक महिनादेखि वीरगन्ज भन्सार नाकामा अलपत्र परेका छन्, आजको कारोबारमा खबर छ । gas-bullet

कागजपत्र नमिलेको भन्दै भन्सार कार्यालयले बुलेट पास नगर्दा ३३ दिनदेखि नेपाली बुलेट नाकामै रोकिएर अलपत्र परेका हुन् ।
विगतमा भारतीय बुलेटहरूले मात्र ग्यास आयात गर्दै आएकोमा सरकारले गतवर्ष नेपाली बुलेटलाई पनि अनुमति दिएपछि पहिलोपटक उद्योगीले बुलेट ग्यास लिएर आएका थिए । तर, अलपत्र परेपछि व्यवसायीहरू निराश बनेका छन् ।

नेपाली नम्बरका ग्यास बुलेट ल्याउन बजेटमा दुईतिहाई कर छुट पाइने व्यवस्था भए पनि प्रक्रिया नमिलेको भन्दै भन्सार कार्यलयले नछुटाउदा लामो समय देखि बुलेट नाकामै अलपत्र परेका थिए । भन्सार विभागले बुलेट छुटाउनका लागि प्रक्रिया अगाडि बढाए पनि ग्यास भने अझै नेपाल भित्रिएको छैन ।

नेपाल एलपी ग्यास उद्योग संघका महासचिव दिवान चन्दले लामो समयदेखि नाकामा रोकिएका ग्यास अझै नछुटेको बताए । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell