ntc

छापामा

प्रचण्डले ८ वर्षपछि बल्ल खानेपानीको बक्यौता तिरे


काठमाडौं, २४ पुस - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन्, आजको कारोबारमा खबर छ | prachanda_1

उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिए ।

दाहाल यसअघि प्रधानमन्त्री हुँदा केयूकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महसुल भुक्तान गर्न बाँकी थियो । केयूकेएलले खानेपानीको बक्यौता उठाउन पटक–पटक ताकेता गर्दै आएको थियो । ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था तथा व्यक्तिहरूले पानी मगाएर उपयोग गरे पनि वर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् । आइतवार, पौष २४, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam