Nic Asia
cocacola

छापामा

एमालेले रहस्यमय तरिकाले अडान परिवर्तन ग-यो

काठमाडौं, २५ पुस- एक दिनअघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसद्मा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख विपक्षी दल एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ, आजनो अन्नपूर्ण पोस्टमा खबर छ | आइतबार अपराह्न व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्तीमगरको पहलमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकमा समेत संशोधन प्रस्तावप्रति प्रमुख विपक्षी दलले घोर असहमति जनाइरह्यो ।uml-kp
केही समयपछि केपी ओली र पुष्पकमल दाहाल बैठक स्थलबाट जुरुक्कै उठेर एक घन्टाभन्दा बढी गोप्य मन्त्रणामा व्यस्त भए । गोप्य मन्त्रणापछि सरकारले संशोधन प्रस्ताव टेबुल गर्ने र प्रमुख प्रतिपक्षी एमालेलगायत नौ दलले सांकेतिक विरोध गर्ने सहमति भयो । बैठकस्थलमा उनीहरूको प्रतीक्षामा अन्य दलका शीर्ष नेताहरू बसिरहेका थिए ।
गोप्य मन्त्रणापछि बाहिर आएर ओलीको उपस्थितिमै प्रधानमन्त्री दाहालले संसद्की सभामुख घर्तीलाई प्रमुख प्रतिपक्षी दलको असहमति रहे पनि संसद् सञ्चालन गर्नुहोस् भन्ने निर्देशनको सांकेतिक आग्रह गरेपछि उनीहरू मिलेको अड्कलबाजी गर्न कसैका लागि कठिन भएन ।
प्रधानमन्त्री दाहालको यस्तो अभिव्यक्तिपछि सभामुख घर्तीमगरले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेकी थिइन् । सचेतकसँगको छलफलमा सभामुख घर्तीमगरले संशोधन विधेयकका कारण डेढ महिनादेखि संसद् अवरुद्ध भएकोतर्फ ध्यानाकर्षण गराएकी थिइन् । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti