Nic Asia
Tata /sipradi
Sarbottam Cement

छापामा

यस्ता छन् सर्वाेच्चले लोकमानलाई पदमुक्त गर्नुका आधारहरु

काठमाडौं, २५ पुस-सर्वोच्च अदालतले योग्यता र उच्च नैतिक चरित्र नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति बदर गरिदिएको छ ।
सर्वोच्च अदालतको पूर्वफैसला पुनरावलोकन गर्दै न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले आइतबार कार्कीलार्ई प्रमुख आयुक्तका रूपमा नियुक्त गर्ने गरी भएका सबै निर्णय प्रक्रिया बदर हुने फैसला गरेको हो ।CIAA-Chief-Lokman-Singh-Karki

अदालतको यो फैसलासँगै कार्की अख्तियारको प्रमुख आयुक्तबाट स्वतः पदमुक्त भएका छन्, आजको राजधानीमा खबर छ ।
लोकमानलाई पदमुक्त गर्नुका आधारहरु
पदमै रहँदा भ्रष्टाचार मुद्दा चलेको
जनआन्दोलनका क्रममा शक्ति र पदको दुरुपयोग गरेको
मानवअधिकारको उल्लंघन गरेको
सेवाबाट बर्खास्त गर्न स्पष्टीकरण सोधिएको
निलम्बनकै अवस्थामा राजीनामा दिएको
संवैधानिक परिषद्लाई वैयक्तिक विवरण ढाँटेको
संविधान, नियमावली र कार्यविधिविपरीत संवैधानिक परिषद्ले सिफारिस गरेको
उच्च नैतिक चरित्र र ख्याति प्राप्त नगरेको
संविधानले तोकेको योग्यता नभएको सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell