ntc

छापामा

माघ १७ सम्ममा दल दर्ता गर्न अनुरोध

काठमाडौँ, २५ पुस -निर्वाचन आयोगले स्थानीय निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा माघ १७ गतेसम्म राजनीतिक दल दर्ताका लागि अनुरोध गरेको आजको गोरखापत्रमा खबर छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको आयोग बैठकले यस्तो निर्णय गरेको हो । नेपालको संविधानले व्यवस्था गरेअनुसार अब राजनीतिक दलहरूले स्थानीय तह, प्रदेशसभा र सङ्घका लागि अलग–अलगरूपमा राजनीतिक दल दर्ता गर्नुपर्ने हुन्छ । प्रमुख आयुक्त यादवले भने , ‘‘पहिले यस्तो व्यवस्था थिएन, अहिले संविधानले तीन तहको निर्वाचनको व्यवस्था गरेको छ, अब स्थानीय तह, प्रदेशसभा र सङ्घका लागि दलहरूले दर्ता गर्नुपर्छ, यो निर्वाचन व्यवस्थापनका लागि हो । ’’
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, दलहरूले जिल्लामा क्रियाशील रहेका दलहरूले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा दल दर्ता गराउनुपर्ने छ । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam