sarbottam and nepal life

छापामा

साइबर आक्रमणको हल्ला ‘बोक्सी’ खोजेजस्तै : रुस

मस्को, २६ पुस-अमेरिकी राष्ट्रपति निर्वाचनमा साइबर हमलामार्फत रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकी गुप्तचर निकायले प्रतिवेदन बुझाएपछि पहिलोपटक रुसले औपचारिक रूपमा प्रतिक्रिया दिएको छ । रुसले अमेरिकाको साइबर हमलाको आरोपलाई ‘बोक्सी’ खोजेको याद दिलाइरहेको टिप्पणी गरेको छ ।Putin

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारसँग कुराकानी गर्दै अमेरिकाले लगाइरहेको अभियोग सुन्दासुन्दा थाकिरहेको बताए । अमेरिकी गुप्तचर संस्थाले सार्वजनिक गरेको प्रतिवेदनको कुनै धरातल नै नभएको उनको भनाइ थियो । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त्यहाँको गुप्तचर निकायले शुक्रबार मात्र रुसी साइबर हमलासम्बन्धी प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन राष्ट्रपति बाराक ओबामालाई समेत बुझाइएको आजको राजधानी दैनिकमा खबर छ । मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell