छापामा

कसरी कमाए सञ्जय साहले यति धेरै पैसा ?

काठमाडौं, २६ पुस -पूर्वराज्यमन्त्री तथा निलम्बित सांसद सञ्जय साह ‘टक्ला’ले गैरकानुनी रूपमा साढे ३१ करोड सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ, आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।sanjay
अकुत सम्पत्तिसम्बन्धी मुद्दामा आयोगले विशेष अदालतमा दायर गरेको यो मुद्दा हालसम्मकै ठूलो हो । साहविरुद्ध अकुत सम्पत्तिसम्बन्धी उजुरी परेपछि छानबिन गर्दा ३१ करोड ५० लाख २६ हजार ६ सय ५९ रुपैया“बराबरको सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार साहसँग करिब ८० करोड रुपैयाँबराबरको सम्पत्ति छ । आयोगले साहका बुबा साधु साह सुडी, आमा दुलारीदेवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साह तथा व्यावसायिक साझेदारहरू राममिलन राउत कुर्मी र नीलम सिंहविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
२० वर्षअघि निम्न आर्थिक अवस्था भएका सञ्जय साहले राजनीतिको आवरणमा गुन्डागर्दीबाट सबै सम्पत्ति जोडेको प्रहरी अधिकारी बताउँछन् ।
प्रहरीका अनुसार हाल उनीसँग करिब ६० करोड रुपैयाँबराबरको जग्गा मात्र छ । ललितपुरमा उनको १ रोपनी जग्गा र दुई करोड मूल्यबराबरको घर छ । सर्लाहीमा पाँच करोड रुपैयाँबराबरको नौ कट्ठा र जनकपुरमा ४० करोड रुपैयाँबराबरको जग्गा रहेको सिआइबीको अनुसन्धानमा खुलेको छ । धनुषाका सामान्य व्यक्ति रहेका सञ्जय साह गुन्डागर्दी र अवैध धन्दाबाट करोडपति बनेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् । पुस २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस