Ruslan
Tata /sipradi
Nic Asia

छापामा

निजामतीमा उमेर हद ६० वर्ष पु-याउने तयारी

काठमाडौं, २८ पुस-सरकारले निजामती कर्मचारीको उमेर हद दुई वर्ष बढाएर ६० वर्ष पु¥याउने अन्तिम तयारी गरेको छ । निजामती कर्मचारीको पदावधी बढाउन सरकारले निजामती सेवा ऐन २०४९ को पाँचौ संशोधन प्रक्रिया अघि बढाएको हो, आजको राजधानी दैनिकमा खबर छ ।Samanya-Prashasan

सामान्य प्रशासन मन्त्रालयले ऐन संशोधनका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकोमा परामर्शका लागि लोकसेवा पठाउने निर्णय भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले ऐन संशोधनको विषय परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए । सरकारले एउटै किसिमको सेवामा फरक÷फरक उमेर हद देखिएकाले एकरुपता बनाउन पदावधी बढाउन लागेको जनाएको छ । सामान्य प्रशासन मन्त्री मन्त्री केशवकुमार बुढाथोकीले एकै प्रकृतिका सेवामा समेत उमेर हदमा एकरुपता नभएकोले पदावधी बढाउन लागिएको बताए । ‘शिक्षा सेवामा ६० वर्ष छ, स्वास्थ्यमा ६० वर्ष छ, संसदमा पनि ६० बर्ष नै छ, तर मेरै मन्त्रालय मातहत एकरुपता नभएकाले मात्र उमेर हद २ वर्ष बढाएर ६० बनाउँदै एकरुपता कायम गर्न खोजेको हुँ,’ मन्त्री बुढाथोकीले भने । उनले नेपालीको सरदर औसत आयु बढेकाले पनि २ वर्ष उमेर बढाउन अनुकुल हुने देखिएकोले प्रक्रिया अगाडी बढाइएको प्रष्ट पारे । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing