Ruslan
Tata /sipradi
Nic Asia

छापामा

जेलबाट छुट्दै लुटपाट गर्दै : १० पटक चोरी, करोड संकलन

काठमाडौं, २८ पुस-प्रहरीले ६ लाख रुपैयाँको अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिले करोडौंको लुटपाट गरेको तथ्य फेला परेको छ । भक्तपुरको कौशलटारमा रहेको एनआईसी एसिया बैंकबाट मन्दिरा अधिकारीले झिकेको ६ लाख रुपैयाँ लुटपाट गरी भागेको अभियोगमा पक्राउ परेका व्यक्तिले पटकपटक गरी करोडभन्दा माथि लुटपाट गरिसकेको प्रहरी अनुसन्धानले देखाएको छ, आजको राजधानी दैनिकले खबर छापेको छ ।magar

अधिकारीले केही दिनअघि मात्रै बैंकबाट झिकेको रकम झोलामा राखेर स्कुटरमा जाँदै गर्दा मोटरसाइकलमा आएका दुईजनाले झोला लुटेका थिए । लुटपाटपछि उनीहरू फरार भएका थिए । त्यसलगत्तै उनले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको थियो ।


अनुसन्धानका क्रममा रामेछाप दोरम्बा घर भएका काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सागर भनिने टीकाबहादुर मगर पक्राउ परेका थिए । अनुसन्धानका क्रममा उनले १० पटक चोरी गरेको र त्यसबाट करिब १ करोड रुपैयाँ संकलन भइसकेको खुलेको छ । साथै, उनी ६ पटक प्रहरी हिरासतमै परेको र एकपटक २६ लाख रुपैयाँ धरौटीमा छुटेको पनि पाइएको छ । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam