ntc

छापामा

कमल थापा र गच्छदारसहित सरकार विस्तारको तयारी, कुन-कुन मन्त्रालय पाउँदैछन् ?

काठमाडौं, २८ पुस- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ, आजको नयाँ पत्रिकामा खबर छ । Bijaya-and-kamal
सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक पारित गराउन पनि प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको रणनीतिमा लागेका हुन् । प्रचण्डले युएईको चारदिने भ्रमणअघि नै थापा र गच्छदारलाई मन्त्री बनाउन लागेका छन् ।
प्रचण्ड १ माघमा हुने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा भाग लिन युएईको आबुधाबीतर्फ जाँदै छन् । प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष थापासँग २६ पुसमा र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसँग २५ पुसमा छलफल गरेका थिए । प्रचण्ड राप्रपाका थप मन्त्री बनाएर र फोरम लोकतान्त्रिकलाई पनि समेटेर सरकार बलियो बनाउने योजनामा छन्। कांग्रेसले मन्त्रिपरिषद् विस्तार गर्न सकिने बताए पनि अहिले आफ्नो भागमा परेका मन्त्रालय छाड्न चाहेको छैन । राप्रपा अध्यक्ष कमल थापालाई नभएर नेता दिलनाथ गिरीको नेतृत्व गराएमा सहज हुने कांग्रेसको भनाइ छ । यसो गर्दा अहिले प्रधानमन्त्रीसँग रहेका मन्त्रालयमा राप्रपालाई मनाउन सकिन्छ भन्नेमा कांग्रेस छ ।

प्रधानमन्त्री प्रचण्डले राप्रपा अध्यक्ष कमल थापासँग यसअघिको सरकारमा लिएका मन्त्रालय दिने गरी छलफल गरेका छन् । ओली सरकारमा थापा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थिए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई पनि उपप्रधानमन्त्री तथा सञ्चार मन्त्रालय दिने गरी प्रधानमन्त्रीले प्रस्ताव गरेको स्रोतको भनाइ छ । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam