shivam
Nerolac and Nepal life

छापामा

सर्वोच्चलाई ‘प्रहरीको अटेर'

काठमाडौं, २८ पुस - घरजग्गामा हक कसको हुने विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतको अन्तरिम आदेशविपरीत प्रहरीले घरनिकाला गरेको दाबीसहित ललितपुरका एक घरधनीले सर्वोच्च अदालत गुहारेका छन् । घरमा ताल्चा लगाएर पटकपटक धरपकड गरेको आरोपसहित ललितपुर जिल्ला प्रशासन र सुरक्षाकर्मीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो ।supreme-court
ललितपुर उपमहानगरपालिका-१५ बस्ने मणिकुमारी तामाङले दिएको अदालतको अवहेलना मुद्दामा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारी, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी निरीक्षक श्याम सुब्बा, ललितपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणि पाण्डे, ललितपुर नगर प्रहरी बल प्रमुख पदमलाल महर्जनसहित ११ जनालाई सजायको माग गरिएको छ ।
उपमहानगरपालिका-५ मा रहेको कित्ता नम्बर ५६६ र ५६८ मा रहेको घरजग्गा धितो विवादलाई लिएर ललितपुर अदालतमा मुद्दा चलिरहेको अवस्थामा प्रहरीले ‘माथिको आदेश' भन्दै बलजफ्ती घरखाली गराएको दाबी अवहेलना निवेदनमा छ ।
तामाङले सुरुमा प्रहरीको घर खाली गराउने कार्य रोक्न सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् । प्रहरीले गृहमन्त्रीको आदेशमा कारबाही गरिएको भन्दै अदालतको आदेशको सरोकार नरहेको जवाफ दिने गरेको दाबी पनि उक्त रिटमा छ ।
सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गत मंसिर २७ मा विवादको अन्तिम टुंगो नलागेसम्म घरजग्गामा कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएको थियो । तर सर्वोच्चको उक्त आदेशको ठाडो उल्लंघन गर्दै प्रहरी प्रशासनले करोडौंको घरजग्गामा बलजफ्ती गरेको दाबी तामाङको छ । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota