Ruslan
Tata /sipradi
Nic Asia

छापामा

गाउँमा थ्रीजी, सहरमा फोरजी

काठमाडौं, २८ पुस - मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ । इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ, आजको कारोबारले खबर छापेको छ । 4g

यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै सेवाग्राहीलाई नवीन प्रविधिमा सेवा बिस्तार गर्न तीब्र प्रतिस्पर्धा गरिरहेका छन् । तीन वर्ष अघिसम्म सहरमा पनि राम्रोसँग नचल्ने थ्रीजी (थर्ड जेनेरेसन) सेवा अब गाउँसम्मै पुगिसकेको छ भने नयाँ वर्षसँगै सहरी क्षेत्रका उपभोक्ताले फोरजी चलाउन थालिसकेका छन् ।

नेपाल टेलिकमले हाल राजधानी काठमाडौं र पोरखामा फोरजी सेवा संचालनमा ल्याएको छ । सहरमा फोरजी सेवा सञ्चालन भइरहँदा सेवा प्रदायक कम्पनीहरू गाउँँमा भने थ्रीजी सेवा विस्तारमा आक्रामक रूपमा प्रस्तुत भएका छन् । यसले गाउँदेखी सहरसम्म डेटा सेवाको पहुँच उल्लेख्य बढेको देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, हालसम्म कुल जनसंख्याको ५३.२९ प्रतिशतले डेटा सेवा प्रयोग गरेका छन् । १ करोड ४१ लाख २० हजार डेटा प्रयोगकर्तामध्ये अधिकांश प्रयोगकर्ता मोबाइलमा आधारित छन् । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल मोबाइल सेवाको पहुँच बढेसँगै डेटा प्रयोग बढेको बताउँछन् । बिहिवार, पौष २८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam