Nic Asia
cocacola

छापामा

मेलम्चीसँगै काठमाडौँमा ‘फायर हाइड्रेन्ट’


काठमाडौँ, २५ असोज- आगलागीको जोखिम बढ्दै गएको राजधानीमा निर्माणाधीन मेलम्ची आयोजनाबाट थोरै भए पनि राहत हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई ध्यानमा राखी पानी वितरण सञ्जालको निर्माणसँगै ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई अगाडि बढाएको छ ।hidrent
सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी मानिन्छ ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइका प्रमुख तिरेश खत्रीले मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ चक्रपथभित्र विभिन्न स्थानमा दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्ने कार्यलाई अगाडि बढाएको जानकारी दिए, गोरखापत्रमा खबर छ । बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti