छापामा

नागरिकता त्यागेका पनि उम्मेदवार सिफारिस

सिन्धुपाल्चोक, २६ असोज- लिशंखु पाखार गाउँपालिका–३ का विनोद मोक्तान नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक भएको १५ वर्षभन्दा बढी भइसकेको छ ।
nagariktaअमेरिकामा होटल व्यवसाय सञ्चालन गरेर बसिरहेका मोक्तानलाई आर्थिक चलखेलमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेर कांग्रेस केन्द्रीय कार्यालयमा पठाएको छ । नेपाली नागरिक नै नभएकालाई समानुपातिकमा सिफारिस गरेपछि कांग्रेस सिन्धुपाल्चोकका नेता–कार्यकर्ता अचम्मित भएका छन् ।

क्षेत्र नम्बर १ बाट कांग्रेस नेता हरिशरण श्रेष्ठसहितका नाम मात्रै क्षेत्रीय समितिले सिफारिस गरेको थियो । तर, जिल्ला समितिले मोक्तानको नाम दुई नम्बरमा सिफारिस गरेर केन्द्रमा पठाएको खबर राजधानीमा खबर छ । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस