Nic Asia
cocacola

छापामा

ट्रम्पले युद्ध शुरु गरे, अब अमेरिकामाथि आगो बर्सिन्छ : उत्तर कोरिया

काठमाडौं, २६ असोज — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धको शुरुवात गरेको र अब अमेरिकामाथि आगो बर्सिने उत्तर कोरियाले बयान दिएको छ ।


उत्तरका विदेशमन्त्री रि योङ होले रुसी समाचार संस्था ताससँग कुरा गर्दै यो चेतावनी दिएका हुन् ।
उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम लगातार चलाइरहँदा अमेरिकासँग उसको तनाव बढ्दै गइरहेको छ ।

ताससँग कुरा गर्दै योङले भने, ‘हाम्रो आणविक कार्यक्रमले यस क्षेत्रमा शान्ति र सुरक्षाको ग्यारेन्टी गरेको छ र यसमाथि आपत्ति उठाइरहनुपर्दैन ।’

यस वर्षमात्रै उत्तरले अहिलेसम्म १५ वटा परीक्षण गरिसकेको छ । उसले कुल २२ क्षेप्यास्त्र प्रहार गरेको छ जसमध्ये दुईवटा जापानमाथिबाट गुज्रेका थिए । अमेरिकामाथि आक्रमणका लागि आफूले हतियार कार्यक्रम अघि बढाएको उत्तर कोरियाले दाबी गर्दै आएको छ ।

योङले थपे, ‘संयुक्त राष्ट्रसंघमा ट्रम्पले निहुँ खोज्ने र पागलपनले भरिएको बयान दिएर हामीमाथि युद्ध शुरु गरिसकेका छन् । तर अन्तिम प्रहार हामीले नै गर्ने हो । हामी शाब्दिक आक्रमणभन्दा पनि अमेरिकामाथि आगो बर्साएर हमला गर्छौं ।’

यसअघि योङले ट्रम्पलाई दुष्ट राष्ट्रपति भनेका थिए ।

उनले भने, ‘हामी अन्तिम आक्रमण गर्ने तयारीमा छौं । त्यसपछि हामी अमेरिकासँग शक्ति सन्तुलन गर्छौं । हामी आणविक हतियार छोड्न तयार छैनौं । अब कुराकानी हैन, युद्धबाट नै समाधान निस्कन्छ ।’

एजेन्सी

बिहिवार, आश्विन २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti