राष्ट्रपतिको सपथ लिएपछि के भने ट्रम्पले ?

न्युयोर्क, ८ माघ अमेरिकाको ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । ह्वाइटहाउसको क्यापिटोल भवनमा आयोजित विशेष समारोहमा अमेरिकी सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले ट्रम्पलाई शपथ खुवाएका हुन्, आजको नयाँ पत्रिकामा खबर छ ।

सपथ पछि उनले ‘विश्वभरका मानिसहरूलाई धन्यवाद छ’ भन्दै ट्रम्पले आफ्नो मन्तव्य सुरु गरेका थिए । ‘हाम्रो देशलाई पुनः बनाउने प्रयासस्वरूप र हाम्रा जनताप्रतिको वाचा पुनस्र्थापना गर्न अमेरिकाका हामी एउटा महान् राष्ट्रिय प्रयासमा आबद्ध भएका छौँ ।’
‘हामीले वासिंगटन डिसीबाट शक्ति परिवर्तन गरिरहेका छौ र यो शक्ति तपाईलाई फिर्ता गर्दैछौ, । वासिंगटन चम्कियो तर यहाँको सम्पत्तीमा सबैमानिस हिस्सेदार हुन सकेनन्।यो तपाईको दिन हो । यो तपाईको उत्सब हो र यो संयुक्त राज्य अमेरिका तपाईको देश हो।
हाम्रो देशमा विर्सिएका पुरुष र महिला अब बिर्सिनेछैनन । अब तपाईलाई हरेकले सुन्नेछ । कुन पार्टीले हाम्रो देशलाई नियन्त्रण गर्छ भन्ने सत्य विषय होइन बरु हाम्रो देशलाई जनताले नियन्त्रण गरेका छन वा छैनन भन्ने हो।
बन्द भएका उद्योगहरु चिहानगृह जस्तै देशभर छरिएका छन् । यो अमेरिकी नरसंहार अहिल्यै र तत्कालै बन्द होस ।'
आफ्नो प्रशासनमा रोजगारी र शिक्षालाई सशक्त पारिने ट्रम्पले बताए । ‘हामीले अन्य मुलुकलाई धनी बनाएका छौ जबकी हाम्रो देशको शक्ति र आत्मविश्वास क्षितिजमा बिलय भएको छ । एक पछि अर्को गरी उद्योगहरु हाम्रो किनारबाट पाखा लागेका छन् ।
मध्यमवर्गीयको सम्पत्ती उनीहरुको घरबाट हटाइएको छ र विश्वभर पुनःवितरण गरिएको छ । आजको दिनदेखि उनीहरुको सम्पत्ती सर्बप्रथम अमेरिकामा मात्र जानेछ । पहिला अमेरिका ।
मेरो शरिरमा श्वास रहन्जेल तपाईका लागि लडिरहनेछु । तपाईलाई कहिल्यै पनि निराश हुन दिनेछैन । अमेरिकाले पुन बिजय सुरु गर्नेछ ,यसअघि नगरेको बिजय सुरु हुनेछ ।' माघ ८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस