shivam
Nerolac and Nepal life

सिनेमा

चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक, यस्तो देखियो प्रदीप र अश्लेषाको प्रेम

काठमाडौं, ५ असार – चलचित्र ‘प्रेमगीत २’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा नेपाली प्रदीप खड्का र अश्लेषा ठकुरीको केमेष्ट्री देख्न सकिन्छ ।

सन्तोष सेन निर्मित चलचित्र ‘प्रेमगीत २’ मा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ । ट्रेलरमा प्रेम, भ्रमण र बदलालाई देखाइएको छ । चलचित्र ‘प्रेमगीत’ मा जस्तै उक्त चलचित्रमा प्रदीप र अश्लेषा प्रेम र गीत पात्रका रुपमा देखिएको प्रष्ट हुन्छ ।

यही १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा कल्याण सिंह, अलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत रहेको छ ।
चलचित्रमा प्रदीप र अश्लेषाका अतिरिक्त कैलाश कटुवाल, कविता रेग्मी शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारको अभिनय रहेको छ ।
सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota