Nic Asia
cocacola

सिनेमा

‘ठग्स अफ हिन्दुस्तान’ का लागि ५० किलो तौल घटाए आमिरले

मुम्बई – आमिर खान आफ्नो फिल्मको लागि धेरै नै मेहनत गर्ने अभिनेतामा गनिन्छन् । उनी आफ्नो भूमिकाको लागि कहिले मोटाउँछन् भने कहिले दुब्लाउँछन् । आफ्नो फिल्म दंगलका लागि उनले १२० किलो तौल बनाएका थिए ।

भारतीय मिडियामा आएको एक समाचारका अनुुसार आमिर खान अहिले ठग्स् अफ हिन्दुस्तानको शूटिङ गरिरहेका छन् । उनले यस फिल्मका लागि आफ्नो ५० किलो तौल घटाएका छन् । फिल्म ठग्स अफ हिन्दुस्तानको केही तस्वीर बाहिरिएका छन् । जसमा उनलाई त्यति मोटो देखिँदैन ।
सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti