Nic Asia
cocacola

सिनेमा

आखिर किन कैटरिनाले रणवीरसँग कहिल्यै काम नगर्ने घोषणा गरिन्?

मुम्बई – बलिउड अभिनेत्री कैटरिना कैफ र रणवीर कपूरको नाम बेलाबेलामा आइरहन्छ । यो जोडी अभिनित चलचित्र ‘जग्गा जासुस’ आउँदो महिना रिलिज हुँदैछ । दुबैले ब्रेकअपपछि काम गरेको चलचित्र पनि हो यो ।

हालसालै एक भारतीय मिडियालाई कैटरिनाले अब कहिल्यै पनि आफूले रणवीरसँग साथै भएर काम नगर्ने घोषणा गरेकी छिन् । एक चर्चित पत्रिकाका अनुसार उनले एक इभेन्टमा आफूले अब रणवीरसँग काम गर्न धेरै नै गाह्रो हुने बताएकी हुन् ।

उनले पत्रकारहरुको प्रश्नको उत्तर दिँदै भनेकी थिइन् कि, अब हामीले साथै काम गर्न धेरै नै गाह्रो छ ।

अनुराग बासुले निर्देशन गरेको ‘जग्गा जासुस’ २०१६ मै रिलिज हुन लागेको थियो । तर, कैटरिना र रणवीरबीच आएको मतभेदले उक्त चलचित्रको शूटिङमा अवरोध भइरहेको थियो । स्किृनमा सफल भएको यो जोडीलाई वास्तविकतामा समेत देखेकाले अब सिनेमामा देखिएलान् वा देखिन्नन्, समयले नै बताउला । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार