Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

सिनेमा

‘मेरी बास्सै’का कलाकारले शुरु गरे नयाँ सिरियल

काठमाडौं, १८ पुस – चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’ बन्द भएसँगै टेलिसिरियलका कलाकारले नयाँ कार्यक्रम शुरु गरेका छन् । ‘मेरी बास्सै’का कलाकारहरु मिलेर युट्युवमा नयाँ कार्यक्रम खित्का डट कम शुरु गरेका छन् ।
हास्य विधामा रहेर शुरु गरिन लागेको कार्यक्रमको दुई भाग युट्युबमार्फत प्रसारण भइसकेको छ ।

आगामी दिनमा पनि सिरियललाई निरन्तरता दिने निर्देशक सुरेश थापाले बताए ।

निर्देशक थापाले यसभन्दाअघि कमेडी गाइज र पुर्पुरो नामक सिरियलको पनि निर्देशन गरिसकेका छन् ।

कमेडी गाइज २४ भागमा पुगिसकेको छ । टेलिसिरियल पुर्पुरो भने पोखराको फेवा टेलिभिजनसहित दमौली र सुर्खेतबाट समेत प्रसारण भएको थापाले बताए ।

सिरियलमा नेत्र राउतको कथा रहेको छ भने सुरेश थापाले यसको निर्देशन गरेका छन् । सिरियल निरन्तर रुपमा आउने सुरजले बताए । ‘मैले सकेसम्म मेरी बास्सैका सबै कलाकारलाई स्थान दिने प्रयास गरेको छु । मेरी बास्सैबाट पाउने पारिश्रमिक पनि मैले दिएको छु ।’ – उनले भने । सोमवार, पौष १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell