Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

हो, म लिभ इन रिलेसनशिपमै छु : श्रद्धा कपूर

काठमाडौं, १९ पुस — बलिउडकी प्रतिभाशाली अभिनेत्री श्रद्धा कपूर आजकल चर्चामा छिन् । हालैका दिनमा उनी निर्देशक फरहान अख्तरसँग लिभ इन रिलेसनशिपमा बसेको खबर सार्वजनिक भएको थियो ।


अनि उनका पिता शक्ति कपूरले उनलाई फरहानको घरबाट जबर्जस्ती तानेर ल्याएको हल्ला पनि चल्यो । शक्तिले यो खबरको खण्डन गरे ।

यस सम्बन्धमा श्रद्धाले अहिले आएर मुख खोलेकी छिन् । शुरुमा त उनले फरहानसँग डेटिङ गरेको खबर नै वाहियात भएको बताइन् ।

‘हो, म लिभ इन रिलेसनशिपमा छु तर आफ्ना बुवाआमाका साथ,’ उनले भनिन्, ‘यस्ता खबर आउँदा शुरुमा त मलाई हाँसो लाग्यो । मलाई यी कुरामा केही मतलब छैन किनकि यी सब बकवास हुन् ।’

अभिनेताहरू पनि मानिस भएकाले उनीहरूका बारेमा गसिप बनाउँदा विचार गरिदिनु आवश्यक भएको श्रद्धाले जोड दिइन् ।

आफ्नो मामिलामा बुवाआमालाई अरूले तान्दा चाहिँ आफूलाई खुबै रिस उठ्ने उनले बताइन् ।

एजेन्सी मंगलवार, पौष १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon