ambe

सिनेमा

मलाइकाले अरबाजसँग १० करोड मागेको खबर, वास्तविकता यस्तो

काठमाडौं, १९ पुस — मलाइका अरोरा खानले आफ्ना श्रीमान् अरबाज खानसँग कम्तीमा १० करोड रुपैयाँ मागेको खबर केही दिनअघि सार्वजनिक भएको थियो । अरबाजसँग डिभोर्स लिएपछि मलाइकाले यति ठूलो रकम मागेको बताइएको थियो ।


तर अहिले आएर यो खबर झुटो भएको पत्ता लागेको छ । अरबाज र मलाइकालाई नजिकबाट चिन्नेहरूले मलाइकाका तर्पबाट यस्तो कुनै माग नआएको बताएका छन् । उनीहरू दुवैजना कसरी भद्र तरिकाले छुट्टिने भन्ने विषयमा छलफल गरिरहेको बताइएको छ ।

पोहोर चैतमा अरबाज र मलाइकाले संयुक्त वक्तव्य निकालेर आफूहरू छुट्टिन लागेको बताएका थिए ।

वक्तव्यमा लेखिएको थियो : ‘हामीहरू छुट्टियौं तर यसका पछाडि मानिसहरूले सोचेजस्तो कुनै खराब कुरा भएको छैन । कोही तेस्रो व्यक्ति हाम्रो जीवनमा आएको भएर हामी छुट्टिएका पनि हैनौं । मलाइकाको एक व्यापारीसँग सम्बन्ध रहेको कुरा पनि झुटो हो । अरबाजको परिवारले मलाइका धेरै बोल्ड भएकाले मन नपराएको भन्ने कुरा पनि सत्य होइन । मलाइकाले सलमान खानसँग मद्दत माग्नका लागि रोईकराई गरेकी पनि होइनन् ।’

अर्को वर्षको वैशाख महिनासम्ममा अरबाज र मलाइकाले कानूनी रूपमा डिभोर्स लिने अनुमान गरिएको छ । तर केही दिनअघि उनीहरू गोआमा अंग्रेजी नयाँ वर्ष मनाइरहेको देखिएको थियो ।

एजेन्सी मंगलवार, पौष १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam