Nic Asia
Sarbottam Cement

सिनेमा

नाटकमा अभिनय गर्दागर्दै चर्चित कलाकार फुयाँलको निधन

काठमाडौं, १९ पुस - रंगकर्मी तथा चर्चित टेलिश्रृंखला  तितोसत्यका कलाकार विष्णुभक्त फुयाँलको निधन भएको छ । उनको राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दा गर्दै निधन भएको हो ।phuyal

महर्षि याज्ञबल्क्यमा राजा जनकको भूमिकामा अभिनय गर्दै गर्दा उनी एकाएक ढल्न पुगेका थिए भने उपचारका लागि वीर अस्पतालमा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
कलाकार समन्वय संघको नेपालका महासचिव राधाकृष्ण आचार्यले नाटकको डाइलग बोल्दै गर्दा फुयाँल भूईमा ढल्न पुगेको र वीरअस्पतालमा उपचारको क्रममा निधन भएको लोकान्तरलाई बताए ।

उनका अनुसार फुयाँलको पार्थिव शरीरलाई अहिले अस्पतालमै राखिएको छ । 
उनको पार्थिव शरीरलाई भोलि बिहान ११ बजेदेखि २ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिने र त्यसपछि  अन्त्येष्टि गर्ने तयारी गरिएको छ । मंगलवार, पौष १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell