Nic Asia
cocacola

सिनेमा

प्रदीप र स्वस्तिमाको रोमान्स

काठमाडौं, २० पुस – दुर्घटनाका कारण दश दिन छायांकन रोकिएको चलचित्र प्रेमगीतको छायांकन शुरु भएको छ । त्रिपुरेश्वरको कर्मा क्लबमा चलचित्रको डान्स सुटिङ भएको हो ।

सुटिङमा स्वस्तिमा र प्रदीप खड्काले माहोल तताए । स्वस्तिमा प्रदीप र अश्लेषा ठकुरीलाई उक्त डान्समा देख्न सकिनेछ । चलचित्रका सहनिर्माता समेत रहेका ओम गुरुङले नरिवल फुटाएर रोकिएको चलचित्रको सुटिङलाई पुनः सुचारु गरेका थिए ।

डान्स सेटका लागि मात्र अठार लाख लाग्ने बताइएको छ । डान्स सेटलाई कस्ट्युम, प्रप्स, विद्युतीय ब्याकड्रप प्रयोग गरेर कलात्मक बनाउने कोशिश गरिएको छ ।

रिनाशा राईले नृत्यलाई निर्देशन गर्दै छिन् । चलचित्रमा सयभन्दा बढी डान्सरहरू छन् । लुम्बिनी, राराताल, पोखरा लगायतका स्थानमा समेत छायांकन गरिने चलचित्रलाई विश्वभर प्रिमियर गरिने जनाइएको छ । बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti