Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

दीपिकालाई भेट्न हलिउड स्टार विन डीजल इण्डिया आउने

मुम्बई, २० पुस– बलिउड अभिनेत्री दीपिका पादुकोणको पहिलो हलिउड फिल्म 'xXx: Return of Xander Cage'१४ जनवरीमा रिलिज हुँदैछ ।

दीपिकाले फिल्म प्रमोशनको लागि उक्त फिल्मका अभिनेता तथा हलिउड स्टार विन डीजललाई इण्डियामा निम्ता गरेकी छिन् ।

दीपिकाले विन डीजललाई हिन्दीमा लेखेर निम्तो गरेकी थिइन् । ट्वीटरमा लेख्दै दीपिकाले विन डीजलको प्रतिक्षामा इण्डिया रहेकोे भन्दै आउने जनवरी १२ र १३ मा आफूहरुको भेट हुने आशा व्यक्त गरेकी छिन् । ‘विन डीजल तपाइँलाई हामी सबैले माया गर्छौ’ भनि दीपिकाले ट्वीटरमा लेखेकी छिन् ।

यस फिल्मको निर्देशक डीजे.कैरुसो हुन् । फिल्ममा डोनी येन र स्यामुअल एल. ज्याकसनले खेलेका छन् । दीपिका पादुकोण यस फिल्ममा सेरेना अंगरको भूमिकामा छिन् । फिल्ममा उनको एजेन्टको भूमिका छ । एजेन्सी बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam