ambe

सिनेमा

कलाकार फुँयालको विदाई

काठमाडौं, १८ पुस – चर्चित नाट्यकर्मी तथा कलाकार विष्णुभक्त फुँयाललाई विदाइ गरिएको छ ।

टेलिसिरियल ‘तीतो सत्य’मा ‘यो माइ लभ...’ बाट चर्चित कलाकार फुँयालको हिजो निधन भएको थियो ।

नाटकमा अभिनय गर्दागर्दै हिजो मृत्यु भएका फुँयाललाई प्रज्ञाभवनमा अन्तिम श्रद्धान्जली दिइएको हो ।
प्रज्ञाप्रतिष्ठानमा फुँयाललाई अन्तिम श्रद्धान्जली दिनका लागि सयौं कलाकारको उपस्थिति थियो ।

श्रद्धान्जलीका लागि नेकपा एमालेका नेता माधवकुमार नेपाल लगात राजनीतिक दलका नेताको उपस्थिति रहेको थियो ।

नाटक क्षेत्रमा लामो समयसम्म अभिनय गरेका फुँयालको अन्तिम श्रद्धान्जलीमा विभिन्न कलाकारले उनको कलाकारिताको प्रशंसा गरेका थिए । बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam