Nerolac and Nepal life

सिनेमा

नेपाली शर्ट फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छानियो

काठमाडौं, २० पुस — हरेक वर्ष अमेरिकामा आयोजना हुने सनडान्स फिल्म फेस्टिभलका लागि एक नेपाली शर्ट फिल्म पनि छानिएको छ ।

नेपाली शर्ट फिल्म ‘दाद्या’ न्यारेटिभ विधामा छनोटमा परेको हो । ‘दाद्या’ सहित अन्य देशका १४ चलचित्र पनि यस विधामा छानिएका छन् ।

१६ मिनेट लामो चलचित्र ‘दाद्या : द वुडपिकर्स अफ रोथा’ एकादेशमा फिल्म फेस्टिभलमा चेन्जिङ पर्सपेक्टिभ विधातर्फ उत्कृष्ट भएको थियो ।

पूजा गुरुङ र विभूषण बस्नेतले निर्माण गरेको चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अमेरिकाको साल्टलेक सिटीमा हुन लागेको फेस्टिभल जनवरी १९ देखि २९ सम्म चल्नेछ । बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell