Nic Asia
Sarbottam Cement

सिनेमा

ओम पुरीले पहिलो फिल्म खेलेबापत पाएका थिए यस्तो पारिश्रमिक

काठमाडौं, २२ पुस — बलिउडका प्रसिद्ध अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो । हरियाणाको अम्बालामा सन् १९५० मा जन्मेका ओम पुरीले भारतीयका अलावा अंग्रेजी सिनेमामा पनि काम गरेका थिए ।


सन् १९७६ मा मराठी फिल्म ‘घासीराम कोतवाल’ बाट करीयर शुरु गरेका ओम पुरीले यसको पारिश्रमिकका रूपमा मुंगफली बदाम हात पारेका थिए ।

अमरीश पुरी, नसीरुद्दीन शाह, शबाना आजमी र स्मिता पटेल जस्ता उम्दा कलाकारहरूका साथ आर्ट फिल्महरू खेलेका ओम पुरीका अर्धसत्य, सद्गति, मिर्च मसाला, आक्रोश, माचिस, धूप जस्ता फिल्ममा गरेको अभिनयको अझै पनि तारिफ हुन्छ ।

यसका अलावा उनले बेलायती फिल्म 'माई सन द फ्यानेटिक', 'इस्ट इज इस्ट' अनि हलिउड फिल्म 'सिटी आफ जोय', 'प्याट्रिक स्वेज' लगायतका फिल्ममा काम गरेका थिए ।

भारतीय टेलिफिल्महरूमा पनि उनले काम गरेका थिए ।

उनलाई भारतको सर्वोच्च पुरस्कारमध्येको एक पद्मश्री दिइएको थियो ।

सन् १९७६ मा पुणे फिल्म संस्थानबाट अभिनयको प्रशिक्षण प्राप्त गरेपछि ओमपुरीले डेढ वर्षसम्म एक स्टुडियोमा अभियन सिकाए ।

पछि उनले निजी थिएटर ग्रुप 'मजमा' स्थापना गरे ।

उनको अभिनय वास्तवमै तारिफयोग्य थियो ।

एजेन्सी शुक्रवार, पौष २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell