Ruslan
Tata /sipradi
Nic Asia

सिनेमा

२४ घण्टा नपुग्दै लुट–२ को ट्रेलर २ लाख बढीले हेरे (ट्रेलरसहित)


काठमाडौं, २० पुस-नेपाली चलचित्र लूट २ को ट्रेलरलाई युट्युबमा २४ घण्टा नबित्दै २ लाखभन्दा धेरैले हेरेका छन् ।
बिहीबार अपरान्ह एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको  भिडियो २४ घण्टा नवित्दै २ लाख बढीले हेरेका हुन् ।

चलचित्रको ट्रेलर सकारात्मक प्रतिक्रिया पाएको छ । पाँच वर्षअघि निर्माण भएको चलचित्र लूटको सिक्वेलमा बनेको चलचित्र फागुन १३ गते रिलिज हुँदैछ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, ऋचा शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा तथा निर्देशन निश्चल बस्नेतको रहेको छ ।

माधव वाग्ले र नरेन्द्र महर्जनले अ प्रिन्सेस मुभिज र ब्लाक हर्स पिक्चर्स प्रोडक्सनको व्यानरमा यो चलचित्रको निर्माण गरेका हुन् । शुक्रवार, पौष २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell